नौ किलो सुनसहित विमानस्थलबाट पक्राउ परे क्यानडाका नागरिक

हिमाल प्रेस १९ माघ २०७९ ९:५७
4
SHARES
नौ किलो सुनसहित विमानस्थलबाट पक्राउ परे क्यानडाका नागरिक

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएई)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई बुधबार राति चेकजाँचका क्रममा पक्राउ गरेको हो।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ-२५७३ मार्फत काठमाडौँ आएका उनलाई बुधबार राति १२ बजे पक्राउ गरिएको हो। उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए।

प्रकाशित: १९ माघ २०७९ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =