छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

हिमाल प्रेस १९ माघ २०७९ ९:१३
2
SHARE
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका-२ मोतिबस्तीमा म २ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बेलौरी नगरपालिका–५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पुनर्वास पोलिक्लिनिक अस्पताल हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानिगञ्ज डाँडाटोलमा प्रदेश २–०३–००१ च ३१२९ नम्बरको बोलेरोले प्र।२–०२–००२ प ९२५३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १९ माघ २०७९ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =