‘ब्याजदर घटाऊ, गरी खान देऊ’ [तस्बिरहरू]

दिपेश श्रेष्ठ १६ माघ २०७९ १३:४१
26
SHARES
‘ब्याजदर घटाऊ, गरी खान देऊ’ [तस्बिरहरू]

काठमाडौँ- उद्योगी व्यवसायीहरूले बैंकिङ आतंक बन्द गर्नुपर्ने माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको र वित्तीय संस्थाहरूले पनि आतंक सिर्जना गरेको भन्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको हो।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरूले बैंकिङ आतंक बन्द गर, व्यावसायिक वातावरण तयार गर, ब्याजदर घटाऊ, गरी खान देऊ, उद्योग व्यापार बचाऔँ, राष्ट्रिय अर्थतन्त्र उठाऔँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याऊलगायत माग राखेका थिए।

त्यस्तै उनीहरूले सहज रूपमा उद्योग र व्यवसाय सञ्चालन गर्न सरकारले पहल गर्नुपर्ने माग गरेका छन्। उच्च ब्याजदरका कारण बैंकहरू सधैँ नाफामा हुने तर आफूहरू भने सधैँ घाटामा गएको उनीहरूले गुनासो गरेका छन्।

प्रकाशित: १६ माघ २०७९ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =