शिक्षक-कर्मचारीले गरे काठमाडौँमा विरोध प्रदर्शन [तस्बिरहरू]

हिमाल प्रेस २९ वैशाख २०८० १५:३१
6.5k
SHARES
शिक्षक-कर्मचारीले गरे काठमाडौँमा विरोध प्रदर्शन [तस्बिरहरू] काठमाडौँको माइतीघरमा धर्ना दिँदै शिक्षक र विद्यालय कर्मचारीहरू। फाइल तस्बिर

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। शिक्षक र कर्मचारीका पेसागत मागबारे सरकारलाई दबाब दिन विभिन्न १४ शिक्षक संघसंगठनहरूले माइतीघर  मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।

नयाँ संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, आगामी बजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकहरूलाई तलबभत्ता उपलब्ध गराउनुपर्ने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षकसरह तलबभत्ता दिनुपर्ने माग शिक्षक महासंघले अघि सार्दै आएको छ। यस्तै शिक्षा क्षेत्रको लगानी कुल बजेटको २० प्रतिशत गराउनुपर्ने, सबै तह र श्रेणीका स्थायी शिक्षकको ग्रेड र तलब समान तहका निजामती कर्मचारीसरह गराउनुपर्ने माग महासंघको छ।

शिक्षक कर्मचारीको तलबभत्ता सःसर्त अनुदान शीर्षकअन्तर्गत पठाउने र उक्त तलब निकासा गर्न पालिका परिषद्को निर्णय नचाहिने व्यवस्था गर्नुपर्ने, द्वन्द्वपीडित तथा शिक्षकको पेसागत संस्गाको नेतृत्वमा बसेर काम गरेको शिक्षकको टुटेको सेवा अवधि जोडेर नियमानुसार सेवासुविधा दिनुपर्ने माग राखेको छ।

प्रदर्शनमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ,  राष्ट्रिय शिक्षक मञ्च, संघीय शिक्षक फोरम नेपाल, मधेशी शिक्षक फोरम लोकतान्त्रिक, नेपाल राष्ट्रिय शिक्षक परिषद्, लोकतान्त्रिक शिक्षक युनियन, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद्मा आबद्ध शिक्षक कर्मचारीहरूको सहभागिता थियो।

प्रकाशित: २९ वैशाख २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =