देशका लागि अब बलिदान होइन, योगदान गरौँ : मेयर बालेन

हिमाल प्रेस १६ माघ २०७९ ११:२६
6
SHARES
देशका लागि अब बलिदान होइन, योगदान गरौँ : मेयर बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने बताएका छन्।

सोमबार सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले योगदान गर्नेतर्फ पाइला अग्रसर बनाउनुपर्ने बताएका हुन्।

उनले अमर सहिदहरूको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालको नागरिकका रूपमा विश्वसामु परिचित हुन पाएको बताए। उनले सहिदहरूले आफ्ना सन्ततिहरूको उज्वल भविष्यका लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभई देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए।

‘आज सहिदहरूले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ,’ उनले भने, ‘शान्त, समृद्ध र विकसित नेपाल बनाउन सक्यौँ भने मात्र अमर सहिदहरूको आत्माले शान्ति पाउँछ।’

प्रकाशित: १६ माघ २०७९ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 5 =