सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

हिमाल प्रेस १६ माघ २०७९ ९:३१
6
SHARES
सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

काठमाडौँ- सरकारी कार्यालय आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालय आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बर्सेनि राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ। जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन्।

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ। शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ माघ २०७९ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =