काठमाडौँ– मेरियट काठमाडौँ र फेयरफिल्ड बाई मेरियट होटलले जापानी खाना रेसिपी कुकिङ क्लास सञ्चालन गरेका छन्। ठमेलस्थिर फेयरफिल्ड बाई मेरियट होटलमा शनिबार आयोजित कार्यक्रममा जापानी कुक क्योहेई सानको नेतृत्वमा जापानी खानाका परिकार प्रस्तुत गरिएको थियो।
कार्यक्रममा कुक क्योहेई सानले जापानी परिकार तयार गर्न सिकाएका थिए। सानले खाना पकाउने कक्षामा जापानी संस्कृति र घरमा खाना पकाउने आधारभूत कुराको बारेमा प्रस्तुतिसमेत दिएका थिए।
नेपालमा जापानी भान्सामा पकाइने खानाको अनुभव सिर्जना गराउन र सिकाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ।
तस्बिरहरू-दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: १४ माघ २०७९ १६:३१
प्रतिक्रिया