गृह मन्त्रालय प्रधानमन्त्रीले नै समाल्ने

हिमाल प्रेस १४ माघ २०७९ १३:४७ | Saturday, January 28, 2023
गृह मन्त्रालय प्रधानमन्त्रीले नै समाल्ने

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको जिम्मेवारी दिएकी छन्।

शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो।

विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछानेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका थिए। लामिछानेले राजीनामा दिएलगत्तै प्रधानमन्त्री दाहालले गृहमन्त्रालयको जिम्मेवारी आफूले लिएका थिए।

प्रकाशित: १४ माघ २०७९ १३:४७ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast