माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दै

हिमाल प्रेस १३ माघ २०७९ ७:२६
2
SHARE
माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने बताइएको छ।

बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए।

आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

 

प्रकाशित: १३ माघ २०७९ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =