काठमाडौँ महानगरले हटायो ९ हजार अनधिकृत परिचय पाटी

हिमाल प्रेस १२ माघ २०७९ १३:२३
16
SHARES
काठमाडौँ महानगरले हटायो ९ हजार अनधिकृत परिचय पाटी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत परिचय पाटी हटाएको छ। महानगरपालिकाले मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो।

महानगरपालिकाले असोज ७ गते मापदण्डबमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो।

तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो। यसका साथै महानगरले भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइँदै छ।

प्रकाशित: १२ माघ २०७९ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =