शिक्षाको गुणस्तर सुधारका लागि काम गर्छु : मन्त्री खनाल

हिमाल प्रेस ३ माघ २०७९ १५:३७
18
SHARES
शिक्षाको गुणस्तर सुधारका लागि काम गर्छु : मन्त्री खनाल

काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन्। मन्त्री खनालले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताएका हुन्।

शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने उनी बताउँछन्।

उनले संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने बताए।

त्यस्तै उनले कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने जानकारी दिए।

प्रकाशित: ३ माघ २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =