माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक

हिमाल प्रेस २८ पुष २०७९ १३:३१
8
SHARES
माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडौँ- वाणिज्य बैंकहरूले माघ महिनामा ब्याजदर घटाउने भएका छन्।

वाणिज्य बैंकहरूको छाता संगठन ‘नेपाल बैंकर्स एसोसियसन’ले माघ महिनामा १.१३ प्रतिशत बिन्दु ब्याजदर घटाउने निर्णय गरेको हो। वाणिज्य बैंकहरूले पछिल्लो चार महिनायता निक्षेपको ब्याजदर स्थिर राखेका थिए।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज छ। रेमिट्यान्स मुद्दती खातामा १५.३३३ प्रतिशतसम्म ब्याज छ।

माघ महिनाको लागि बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याज तोकेका छन्। रेमिट्यान्स मुद्दती खाताको ब्याजदर १२ प्रतिशत तोकिएको छ।

साधारण बचतमा ६ प्रतिशत ब्याज तोकिएको छ। हाल साधारण बचतमा ७.१३३ प्रतिशत ब्याज दिइरहेका छन्।

वित्तीय प्रणालीमा लगानी योग्य रकमको अवस्थामा सुधार आएको, समग्र ब्याजदर धेरै माथि पुगेको, बैंकहरूको लागत कम गर्नु परेकोलगायत कारण ब्याजदर घटाउने निर्णय भएका बैंकर्स एसोसियसनले जनाएको छ।

वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि विकास बैंक र अन्य वित्तीय संस्था पनि घटाउन बाध्य हुनेछन्।

प्रकाशित: २८ पुष २०७९ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =