एलओडी क्लब ‘डिजे म्याग टप १००’मा छनोट

हिमाल प्रेस २८ पुष २०७९ १३:११
72
SHARES
एलओडी क्लब ‘डिजे म्याग टप १००’मा छनोट

काठमाडौँ- ठमेलस्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’ को मनोनयनमा परेको छ। यूकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो।

सन् २०२२ मा एलओडी विश्वका उत्कृष्ट क्लबमा ५२ औँ स्थानमा थियो। म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ।

टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ। माथि देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ। एलओडीका अनुसार डिजे म्यागको वेब साइटमा जानुपर्छ। त्यसपश्चात् बेलायतको झण्डामा क्लिक गर्नुपर्छ। मत गर्न पुनः फेसबुक वा गुगलको अप्सन आउँछ। डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ‘इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ।

प्रयोगकर्ताले आफ्नो नाम सहित सहर र देशको नाम उल्लेख गर्ने अप्सन प्राप्त गर्छन्। अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ।

एलओडी डिजे म्याग टप १०० को छनोटमा पुनः पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए। ‘एलओडी क्लब डिजे म्यागको टप १०० भित्र परिसकेको छ,’ उनले भने।

यसले नेपाललाई विश्वसामु चिनाउन मद्दत पुग्ने कुँवरको भनाइ छ। ‘२०२२ मा ५२ औँ स्थानमा थियौँ,’ उनले भने, ‘यसपटक अझै राम्रो गर्ने गरी काम गरिरहेका छौँ।’

त्यसका लागि सबैको साथ आवश्यक रहेको उनले बताए। रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गर्न सक्ने उनको भनाइ छ।

गत वर्ष ५२ औँ स्थानमा परिसकेपछि मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्को कुँवरको भनाइ छ। सन् २०२३ मा टप १०० मा क्लब पर्न सकेमा स्वदेशी तथा विदेशी क्लबका पारखीको संख्या बढ्ने उनको विश्वास छ।

पछिल्लो समय क्लबका कारण रात्रिकालीन व्यापार–व्यवसाय गर्नेलाई सहज भइरहेको उनले सुनाए। ‘पर्यटकीय क्षेत्र ठमेलमा भाडाका सवारीसाधनको आम्दानी बढिरहेको छ,’ उनले भने, ‘क्लबले सयौँलाई रोजगारी प्रदान गरेको छ।’

प्रकाशित: २८ पुष २०७९ १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =