एलओडी क्लबका अर्का सञ्‍चालक पनि पक्राउ

हिमाल प्रेस २२ असार २०८० १२:३९
30
SHARES
एलओडी क्लबका अर्का सञ्‍चालक पनि पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ– काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले शुक्रबार (आज) पक्राउ गरेको छ।

एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

उनका अनुसार सोही मुद्दाका अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार साँझ बालुवाटारबाट पक्राउ गरिएको थियो ।

उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले बताए।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका २ जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो। प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ।

प्रकाशित: २२ असार २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =