रौतहटमा चिसोले कठ्यांग्रिएर दुईको मृत्यु

हिमाल प्रेस २८ पुष २०७९ ८:५५
6
SHARES
रौतहटमा चिसोले कठ्यांग्रिएर दुईको मृत्यु

रौतहट- रौतहटमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ। कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो।

कटहरिया–१ भसेढवा ९० वर्षीय धेनुक साह कानुको बुधबार चिसोले कठ्यांग्रिएर मृत्यु भएको कटहरिया १ का वडाध्यक्ष भुपेन्द्र महतो कोइरीले जानकारी दिए।

त्यसैगरी चिसोले कठ्यांग्रिएर यमुनामाइ गाउँपालिका ५ झुनखुनवाका ७० वर्षीय लालमहम्द मियाँ कवारीको पनि मृत्यु भएको छ। उनी सुतेकै ठाउँमा मृत फेला परेको परिवारका सदस्यले बताएका छन्।

प्रकाशित: २८ पुष २०७९ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =