अहिले चुनावमा जाँदा बोरामा पैसा लैजानुपर्ने भएछ : चित्रबहादुर केसी

हिमाल प्रेस २६ पुष २०७९ १६:०३
6
SHARES
अहिले चुनावमा जाँदा बोरामा पैसा लैजानुपर्ने भएछ : चित्रबहादुर केसी फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्न नसक्ने बताएका छन्। देश गम्भीर दुर्घटनातर्फ उन्मुख भएको भन्दै केसीले संसद् बैठकमा यस्तो बताएका हुन्। आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत मागेपछि संसद्‌मा केसीले भने, ‘हाम्रो संविधानले प्रतिपक्षीबिहीन संसद् भनेको छैन। यो त अचम्म भयो।’
उनले आफूले प्रधानमन्त्रीलाई विश्वासको मतदान नदिने पनि बताए।

केसीले ठूला दलहरू एक ठाउँमा उभिएर विगतमा गरेका कम्जोरी ढाकछोपमा लागेको आरोप पनि लगाए। ‘यहाँ पूर्वप्रधानमन्त्रीको कुरा सुन्दा अचम्म लाग्यो, प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ भन्ने कुरा पनि उठे। अझै पनि हेक्का भएन है?,’ उनले भने, ‘विघटन गरेर चुनावमा जाँदा राज्यको कति खर्च भयो? उमेदवारको कति भयो? पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौँ अहिले बोरोमा लैजानुपर्ने भएछ।’

उनले सरकारमा गएर पैसा उठाउन ठूला दल लागेको पनि बताए। चुनावमा खर्चेको पैसा उठाउने माध्यम सरकार बनाइएको भन्दै केसीले आपत्ति जनाए। ‘सरकारमा नगई र नबसी चुनावमा उडाएको पैसा उठ्छ? त्यसबाट बच्न पनि सबै एकठाउँमा जम्मा भएको हो कि भन्ने डर लाग्यो मलाई’ केसीले भने।

प्रकाशित: २६ पुष २०७९ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =