मन्त्रालयको संख्या घटाउने प्रदेश १ मन्त्रिपरिषद् पहिलो बैठकको निर्णय

हिमाल प्रेस २५ पुष २०७९ २१:११
4
SHARES
मन्त्रालयको संख्या घटाउने प्रदेश १ मन्त्रिपरिषद् पहिलो बैठकको निर्णय

इटहरी– प्रदेश १ सरकारको पहिलो बसेको बैठकले मन्त्रालय घटाउने निर्णय गरेको छ। प्रदेश १ सरकारको नवगठित सरकारको सोमबार साँझ बसेको बैठकले मन्त्रालय संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको छ।

नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीको शपथ ग्रहणपछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १३ वटा मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो।

बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ। प्रदेश १ मा सोमबार मुख्यमन्त्री कार्कीसहित ३ मन्त्रीहरूले सपथ लिएका छन्।

नेकपा एमालेका तिलकुमार मेयाङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्ति सिटौला र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का निर्मला लिम्बूले मन्त्रीको शपथ लिएका हुन्। उनीहरूको मन्त्रालय केही दिनपछि तोकिने बताइएको छ। प्रदेश सरकारले मन्त्रालय घटाएसँगै अब ६ जना मन्त्री थपिनेछन्। आलोपालो नभएपछि नेकपा माओबा केन्द्र भने तत्काल सरकारमा सहभागी छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =