संविधानको रक्षा गर्नुपर्ने बेला आयो : माधव नेपाल

हिमाल प्रेस २५ पुष २०७९ १५:२४
10
SHARES
संविधानको रक्षा गर्नुपर्ने बेला आयो : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताले परिवर्तनको अनुभूति गर्न पाउने गरी काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सरकारलाई यस्तो सुझाव दिएका हुन्।

उनले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको बताए। वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेको अध्यक्ष नेपालको भनाइ छ। उनले मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यविमुख प्रवृत्ति मौलाएकाले समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए।

प्रकाशित: २५ पुष २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =