संसदमा रञ्‍जिताको प्रश्‍न- घटनास्थलमै नभएका रेशम कसरी अपराधी?

हिमाल प्रेस २५ पुष २०७९ १५:१२
14
SHARES
संसदमा रञ्‍जिताको प्रश्‍न- घटनास्थलमै नभएका रेशम कसरी अपराधी? संसद् बैठकमा सम्बोधन गर्दै मन्त्री रञ्जिता श्रेष्ठ चौधरी।

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी टीकापुर घटनामा दोषी नभएको दाबी गरेकी छन्। निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘म न्याय माग्न संसदमा आएको हुँ। मलाई यहाँसम्म ल्याउनु भएकोमा मतदातालाई म धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्,’टीकापुर घटनास्थलमा नभएका रेशमलाई किन मुद्दा लगाइयो?, यसअघिका सरकार प्रमुख र राजनीतिक दलका प्रमुखहरूले रेशम निर्दोष भएको बताइसक्नु भएको छ। सबैले रेशमलाई निर्दोष भनिरहेकोमा उनलाई किन पाँच वर्षदेखि जेलमा राखिएको छ?’

टीकापुर घटनामा ज्यान गुमाएका ६ वर्षीय बालक, प्रहरीका एसएसपीसहित ज्यान गुमाएका सबै सहिदप्रति आफूले सम्मान गर्ने बताउँदै उनले यो घटना कुनै अध्यारो र बन्द कोठामा भएको घटना नभई राजनीतिक आन्दोलन भएको जनाइन्।

घटनामा रेशम चौधरीको कुनै दोष नभए पनि थारू भएकै कारण उनलाई राज्यले जेलमा राखेको श्रेष्ठको दाबी छ।

प्रकाशित: २५ पुष २०७९ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + four =