मेरो नाम लिन वर्जित ठाउँमा उभिएर बोल्न पाएकोमा गौरवान्वित छु : सीके राउत

हिमाल प्रेस २५ पुष २०७९ १४:५८
14
SHARES
मेरो नाम लिन वर्जित ठाउँमा उभिएर बोल्न पाएकोमा गौरवान्वित छु : सीके राउत फाइल तस्बिर

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा उभिएर बोल्न पाउँदा आफूलाई गर्व महसुस भएको बताएका छन्। निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा बोल्दै नयाँ दलमा केही आवेग पनि छ भन्ने अभिव्यक्तिको राउतले खण्डनसमेत गरेका छन्। ‘नयाँ दलमा आवेगमात्र छैन, पुराना नेताप्रति उच्च सम्मान पनि छ,’ उनले भने।

गणतन्त्र स्थापना भएपछि मधेशका जनताले राजनीतिक क्षेत्रमा धेरै उपलब्धी हासिल गरे पनि मधेशी जनताका सबै समस्याहरू समाधान हुन नसकेको राउतले बताए। ‘अबको सरकारले मधेशी किसान र सबै जनताको समस्या समाधान गराउन हामी प्रतिबद्ध छौं,’ उनले भने।

प्रकाशित: २५ पुष २०७९ १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =