हामी लोकतन्त्रको मन्दिरमा छौँ : प्रधानमन्त्री

हिमाल प्रेस २५ पुष २०७९ १३:३८
6
SHARES
हामी लोकतन्त्रको मन्दिरमा छौँ : प्रधानमन्त्री फाइल तस्बिर

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको राजनीतिक दलमाथिको समर्थन सशर्त रहेको बताएका छन्।

उनले आफूहरूलाई जनताको निगरानीमा रहेको बताएका छन्। आज संसद्को पहिलो बैठकमा सम्बोदन गर्दै प्रधानमन्त्रीले आफूहरुलाई समस्या केलाएर बस्ने छुट नभएको बताए।

उनले नेपाल सम्पूर्ण नेपालीको साझा फूलबारी रहेको बताए। ‘अस्तिको संसद्मा सबै किसिमका सांसदहरू देखे। सबैले पहिचानका पहिरन लगाउनुभएको थियो,’ उनले भने,‘ सम्पूर्ण माननीयहरूले खबरदारी गर्नुहुनेछ र तपाईहरूको आवेश रचनात्मक हुनेछ।’

प्रकाशित: २५ पुष २०७९ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =