कर्णाली प्रदेशसभाको दोस्रो बैठक आज बस्दै

हिमाल प्रेस २५ पुष २०७९ १२:२३
4
SHARES
कर्णाली प्रदेशसभाको दोस्रो बैठक आज बस्दै

सुर्खेत- कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दै छ। ज्येष्ठ सदस्य विनोद शाहको अध्यक्षतामा पुस १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो।

बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ । ‘आज दिउँसो १ बजे दोस्रो बैठक आह्वान भएको छ, त्यसका लागि हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ,’ प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले भने, ‘सभामुख र उपसभामुख चयनको मिति तोक्ने बाहेक अन्य खासै एजेण्डा केही छैनन्।’

प्रकाशित: २५ पुष २०७९ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =