कर्णाली प्रदेशसभाको सर्वदलीय बैठक आज बस्दै

हिमाल प्रेस १८ पुष २०७९ ९:५९
4
SHARES
कर्णाली प्रदेशसभाको सर्वदलीय बैठक आज बस्दै

सुर्खेत– कर्णाली प्रदेशसभा दोस्रो कार्यकालको पहिलो बैठकअघि प्रदेशसभा सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले सोमबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन्।

यसअघि प्रदेश प्रमुख तिलक परियारले दिउँसो १ बजे प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिसकेका छन्। बैठक सञ्चालन, प्रदेशसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँटलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको बताइएको छ।

कर्णाली प्रदेशसभामा १ स्वतन्त्रसहित ५ राजनीतिक दलको प्रतिनिधित्व छ। प्रदेशसभामा नेपाली कांग्रेस १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १०, रापप्रा र नेकपा एकीकृत समाजवादीका १/१ र १ स्वतन्त्रसहित ४० जना सांसद छन्।

प्रकाशित: १८ पुष २०७९ ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =