माओवादी केन्द्र प्रदेश १ सरकारमा नजाने, समर्थनबारे छलफल हुँदै

हिमाल प्रेस २५ पुष २०७९ १०:४५
16
SHARES
माओवादी केन्द्र प्रदेश १ सरकारमा नजाने, समर्थनबारे छलफल हुँदै इन्द्रबहादुर आङ्बो।

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) प्रदेश १ को सरकारमा नजाने भएको छ। मुख्यमन्त्रीका विषयमा आलोपालो सहमति नभएपछि माओवादी सरकारमा नजाने भएको हो।

अहिले समर्थनका विषयमा पनि छलफल भइरहेको प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। आलोपालो नभएसम्म आफूहरू सरकारमा नजाने उनको भनाइ छ।

गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको बैठकले पनि प्रदेश १ सरकारको पूरै कार्यकाल एमालेलाई दिने निर्णय गरेको छ। प्रदेश सभामुख भने माओवादीलाई दिने निर्णय गरिएको छ।

प्रकाशित: २५ पुष २०७९ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 3 =