जसपाको मधेश प्रदेशको संसदीय दलको निर्वाचन आज

हिमाल प्रेस २५ पुष २०७९ ८:४२
4
SHARES
जसपाको मधेश प्रदेशको संसदीय दलको निर्वाचन आज

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ।

आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने छ।

जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन्।

राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलका नेता चयन गर्न लागिएको हो। मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन्।

प्रकाशित: २५ पुष २०७९ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =