नेपाल शैक्षिक परामर्श महासंघ निर्माण गर्ने घोषणा

हिमाल प्रेस २४ पुष २०७९ १६:२१
94
SHARES
नेपाल शैक्षिक परामर्श महासंघ निर्माण गर्ने घोषणा

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) पूर्वअध्यक्ष राजेन्द्र बरालले सरकारसमक्ष परामर्श व्यवसायीको आवाजलाई बलियो बनाउन नेपाल शैक्षिक परामर्श महासंघको आवश्यकता रहेको बताएका छन्।

ईक्यानको १७ औँ बार्षिक साधारणसभामा बोल्दै पूर्वअध्यक्ष बरालले परामर्श क्षेत्रलाई प्रतिनिधित्व गर्न महासंघ निर्माण गर्ने विषयमा ५ वटा संघ सहमत भइसकेको बताए।

पूर्वअध्यक्ष बरालले अहिले यीबाहेक अन्य संघसँग पनि छलफल चलिरहेको र केही समयमा नै यसको औपचारिक घोषणा गर्ने बताए। ‘महासंघ निर्माणको अभियानमा मैले संयोजनकारी भूमिका निर्वाह गरेको छु। सबै अहिले विद्यमान परामर्श व्यवसाय क्षेत्रका संघसँग छलफल गरेर छिट्टै महासंघको घोषणा हुन्छ। व्यवसायको सुरक्षाको लागि यसको आवश्यकता महसुस भएको छ,’ उनले भने।

कुनै उद्देश्य र योजनाबीना यस व्यवसायमा होमिएका कतै कुनैसंस्थामा पनि संगठित नभएका व्यापारिका कारण समस्या सृजना भएको हँदा सबै व्यवसायीलाई एकत्रित गर्ने महासंघको आवश्यकतालाई उनले प्रष्ट पारे। ‘व्यवसायीक हक हितमा काम गर्न, यो व्यवसायलाई एक सफल व्यवसायको रूपमा स्थापित गर्न, व्यवसायिको सुरक्षाको हकहितको लागि काम गर्न महासंघको आवश्यकता छ,’ उनले भने।

अहिले आफूले महासंघ निर्माणमा संयोजनकारी भूमिका निर्वाह गरेको र यसमा ईक्यान, स्वतन्त्र शैक्षिक परामर्श संघ(फेकन), आईरिन, जालसान, नायर जस्ता संघसँग छलफल गरेर सहमति जुटाएको दाबी गरेका छन्। पूर्वअध्यक्ष बरालले यस व्यवसायमा धरौटी आवश्यक नभएको बताउँदै आएका छन्। ‘धरौटी राख्ने व्यवस्था हामीलाई स्वीकार्य हुँदैन.’ उनले भने।

प्रकाशित: २४ पुष २०७९ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =