कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

हिमाल प्रेस २३ पुष २०७९ १९:४२
4
SHARES
कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौँ– सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित समितिले उच्चस्तरीय संयन्त्रसमक्ष न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका हुन्।

मस्यौदा तयारका लागि गठित समितिमा उपप्रधानमन्त्री पौडेल, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणा, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता रकम चेम्जोङ सदस्य छन्।

मस्यौदा बुझाउने क्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु, उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठलगायतका शीर्ष नेताहरू पनि उपस्थित थिए।

प्रकाशित: २३ पुष २०७९ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =