कांग्रेसको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २३ पुष २०७९ ७:१९
2
SHARE
कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक यही आज दिउँसो १ बजे बस्दैछ। संसदीय दलको बैठक अघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका छन् ।

सभापति देउवा निवासमा शुक्रबार भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए। बैठकमा आज बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री शर्माले जानकारी दिए।

प्रकाशित: २३ पुष २०७९ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =