संसद्‌का ज्येष्ठ सदस्य जबराले बोलाएको सर्वदलीय बैठक सुरु

हिमाल प्रेस २२ पुष २०७९ १३:५०
40
SHARES
संसद्‌का ज्येष्ठ सदस्य जबराले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौँ- प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले प्रतिनिधिसभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न बोलाएको सर्वदीय बैठक सुरु भएको छ। आजको बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल हुनेछ।

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ। त्यसअघि शुक्रबार (आज) दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ।

त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ। त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ।

बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताहरू सहभागी छन्। जबरा प्रतिनिधिसभाको जेष्ठ सदस्य हुन्। उनले नै सबै सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

प्रकाशित: २२ पुष २०७९ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =