अस्कर कलेजका विद्यार्थीले पाए सिंगापुरको छात्रवृत्ति

हिमाल प्रेस २२ पुष २०७९ १२:४३
8
SHARES
अस्कर कलेजका विद्यार्थीले पाए सिंगापुरको छात्रवृत्ति

काठमाडौँ- सिंगापुरको इन्फानाइट स्टुडियोजले कलेज अफ फिल्म स्टडिज (अस्कर कलेज)का विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ।

अस्करका १५ विद्यार्थीले सो छात्रवृत्ति पाएका छन्। स्टुडियोको प्रतिनिधि सुयी मोले बिहीबार अस्कर कलेजमै आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने १५ जना विद्यार्थीलाई रकम हस्तान्तरण गरेकी छिन्। कार्यक्रममा पाँच जना विद्यार्थीले इन्फाइनाइट छात्रवृत्ति र १० जनाले इन्फानाइट बर्सरी अवार्ड पाए।

कार्यक्रममा इन्फानाइट स्टुडियोजकी मोले कलेजले विद्यार्थीको वृत्ति विकासमा योगदान पु¥याउने बताइन्।

‘कलेजमै विद्यार्थीले सबै सीप सिक्ने भएकाले फिल्म कलेज सिनेमा उद्योगका आधार हुन्,’ उनले भनिन्, ‘यही कारणले हामीले विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका हौँ। आगामी दिनमा अरू क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौँ।’

मोले बिहीबार नै कलेजमा विद्यार्थीले बनाएका छवटा सर्ट फिल्म पनि हेरेकी थिइन्। फिल्म हेरेपछि उनले विद्यार्थीसँग फिल्मका विषयमा छलफल गरेकी थिइन्।

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल रामराजा दाहालले इन्फानाइटले दिँदै आएको रकम कलेज र विद्यार्थीका लागि ठूलो महत्त्वको रहेको धारणा राखेका थिए।

‘छात्रवृत्तिले विद्यार्थीका लागि ठूलो अर्थ राख्छ,’ उनले भने, ‘यसबाहेक हामी स्टुडियोसँग आगामी दिनमा अरू क्षेत्रमा पनि सहकार्य गर्न चाहन्छौँ।’

स्टुडियोले कोभिड-१९को महामारीका कारण क्षति बेहोरेका विद्यार्थीका लागि भनेर दुई वर्षअघि बर्सरी अवार्ड पनि वितरण गर्न थालेको थियो। स्डुडियोले तेस्रो साल पनि यो अवार्डलाई निरन्तरता दिने निर्णय गरेको छ। यस वर्ष यो अवार्ड १० जना विद्यार्थीले सो छात्रवृत्ति पाएका छन्।

प्रकाशित: २२ पुष २०७९ १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =