कर्णाली सरकार गठनका लागि ७ दिनको समय

हिमाल प्रेस २१ पुष २०७९ १६:११
4
SHARES
कर्णाली सरकार गठनका लागि ७ दिनको समय

सुर्खेत- कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन्। उनले मुख्यमन्त्री पदमा दाबी गर्न ७ दिनको समय दिएका छन्।

प्रदेश प्रमुख परियारले पुस २७ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्नका लागि बिहीबार आह्वान भएको हो।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठनका लागि आह्वान गरिएको हो।

कर्णालीमा प्रदेशसभा सदस्यको संख्या ४० छ। माओवादी र एमाले मिलेर सरकार गठन गर्ने तयारी रहेको छ। यद्यपि केन्द्रमा भएको सहमति बाहिर आइसकेको छैन।

प्रकाशित: २१ पुष २०७९ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =