सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ३० वैशाख २०८१ १६:४९
8
SHARES
सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा विकल पौडेल

काठमाडौँ- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार, ४० करोड बढी बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। सुरक्षण मुद्रण केन्द्र, काठमाडौंले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी गरिएको पाइएको हो।

सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ।

प्रकाशित: ३० वैशाख २०८१ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =