चैत ५ मा स्ववियु निर्वाचन गर्न त्रिवि विद्यार्थी कल्याण परिषदको सिफारिस

हिमाल प्रेस २१ पुष २०७९ १५:२४
90
SHARES
चैत ५ मा स्ववियु निर्वाचन गर्न त्रिवि विद्यार्थी कल्याण परिषदको सिफारिस फाइल तस्बिर

काठमाडौँ – त्रिवि विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गर्ने भएको छ।

त्रिवि विद्यार्थी परिषद्को बिहीबार बसेको बैठकले स्ववियु निर्वाचन चैत ५ गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो।
शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठक तय गरिएको छ। यस बिषयमा छलफल गरेर निर्णय हुने त्रिवि शिक्षाध्यक्ष शिवलाल भुषालले जानकारी दिए।

उनले भने,’कार्यकारी परिषद्मा निर्वाचनको मिति बारे छलफल भएर निर्णय हुन्छ। स्ववियु निर्वाचनको मिति घोषणा गर्ने विषयमा विश्वविद्यालय सकारात्मक छ।’

प्रत्येक दुई/दुई बर्षमा फागुनमा स्ववियु निर्वाचन गर्ने भनिएपनि २०६५ यता नियमित रुपमा स्ववियु निर्वाचन हुन सकेको छैन। २०७३ मा सालमा भने त्रिविका २६ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

 

प्रकाशित: २१ पुष २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =