प्रचण्डको अनुहार हेरेर सरकारलाई समर्थन गर्न सक्दैनौँ : माधवकुमार नेपाल

हिमाल प्रेस २० पुष २०७९ १४:४५
52
SHARES
प्रचण्डको अनुहार हेरेर सरकारलाई समर्थन गर्न सक्दैनौँ : माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने अवस्था नरहेको दोहोर्‍याएका छन्। पार्टीनिकट युवासंघ नेपालले आज बुधबार सांसदहरूका लागि बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो पार्टीलाई जानकारी नभएसम्म समर्थन गर्नेबारे निर्णय गर्न नसकिने उनको भनाइ छ। सरकारको न्युनतम साझा कार्यक्रम नआएसम्म समर्थनबारे केही नसोचिने पनि नेपाल बताउँछन्। ‘यो सरकार पनि गठबन्धन बनेर भएको हो। सरकारको नीति तथा कार्यक्रम के आउँछ हामीलाई जानकारी पनि छैन,’ उनले भने, ‘अहिले एकीकृत समाजवादी त अलमलमा पर्‍यो। सरकारलाई समर्थन र विरोधको कुरा पनि गरेन भनिरहेका छन्। पिक्चर क्लियर नभएसम्म हामी सरकारमा जाँदैनौँ। यो सरकारको नीति तथा कार्यक्रमबारे हामी जानकार नै छैनौँ, हामीलाई एक वचन सोधिएको पनि छैन।’

उनले कम्तीमा न्यूनतम् साझा कार्यक्रम नआएसम्म सरकारलाई समर्थनबारे नसोचिने बताएका छन्। ‘प्रचण्डको अनुहार हेरेर मात्रै समर्थन गर्न सकिँदैन। २६ गतेसम्म हामीले निर्णय गरे पुगेन र?’, उनले भने, ‘कसै कसैलाई सरकारमा जाने हतार छ। तर सरकार बनाउँदा हामीलाई सोधेकै छैन। नीति कार्यक्रममा पनि हामीलाई सोधेको छैन। तर पनि केहीलाई सरकारमा जाने हतार छ। हामी पुस २६ गतेअगाडि केही निर्णय गर्दैनौँ।’

प्रकाशित: २० पुष २०७९ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =