महाकालीको हरिहर घाटमा मकर मेला

हिमाल प्रेस २० पुष २०७९ १३:४८
4
SHARES
महाकालीको हरिहर घाटमा मकर मेला

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ महाकाली नदीस्थित हरिहर घाटमा मकर मेला हुने भएको छ।
यहाँको धार्मिक पर्यटन विकासका लागि महाकाली नदीमा बनेको चारलेन पुलसँगै रहेको हरिहर घाटमा उत्तरायणी मकर मेला आयोजना हुन लागेको हो।

पौष पूर्णिमादेखि धर्मध्वज पूजनसहित मेला महास्नान प्रारम्भ हुने मेला मूल समितिका संयोजक देवी भारतीले जानकारी दिए। ‘महाकाली नदीको हरिहर घाटलाई तीर्थस्थलका रुपमा विकास गर्न मेला गर्न लागेको हो’, उनले भने, ‘यसले यहाँको धार्मिक, सांस्कृतिक पहिचान हुनेछ।’ उनका अनुसार मेला एक महिनासम्म चल्नेछ।

उनले महर्षि वेद व्यासद्वारा कुवेरको वाजपेय यज्ञका लागि देवदारु वनको व्यासाश्रमबाट आएर लिपिपवर्तमा वैकुण्ठ लोकमा मन्दाकिनी गंगाको प्रार्थना गरेर प्रकट गरेको हुनाले महाकाली नदी प्रसिद्ध तीर्थस्थल रहेको बताए। ‘हरिहर स्नान घाटमा ४० हजार तीर्थस्थल भएकाले यहाँ आएर महास्नान गर्नु उत्तम छ’, उनले भने, ‘यहाँ सिद्धनाथ बैजनाथको भूमि भएकाले पनि यो ठाउँ तीर्थस्थलका लागि प्रसिद्ध छ।’

त्यसैगरी आचार्य घनश्याम लेखकले देव मानसि गंगाका दुई धारमध्ये एक धार महाकाली नदी र अर्को धार कर्णालीको उत्पत्ति कैलाशमान सरोवर भएकाले स्कन्दपुराणमा महाकाली नदीको पौराणिक महत्व रहेको बताए। ‘मानखण्ड पुराणमा महाकाली नदीको पौराणिक महत्व रहेकाले यहाँ स्नान गर्नु उत्तम छ’, उनले भने, ‘यो क्षेत्रलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न मेला महत्वपूर्ण छ।’

अहिले महाकाली नदीमा चार लनेको पुल बनेसँगै यहाँ पर्यटकहरू आउनेक्रम बढेको छ। यसलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न सके यहाँको पर्यटन व्यवसाय फस्टाउने स्थानीय कविराज भट्ट बताउँछन्। ‘धार्मिक हिसाबले सुदूरपश्चिम प्रदेशको महत्व धेरै छ यसले गर्दा यहाँको धार्मिक पर्यटन विकासमा जोड दिनु आवश्यक छ’, उनले भने, ‘हरिहरघाटलाई तीर्थस्थलका रुपमा विकास गर्न जरुरी छ।’ यही पौष २२ देखि सुरु हुने मेला फागुन १ गतेसम्म सञ्चालन हुनेछ। राससको सहयोगमा

प्रकाशित: २० पुष २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =