भालुको आक्रमणबाट अर्घाखाँचीमा एक जनाको मृत्यु

हिमाल प्रेस २० पुष २०७९ ११:३०
10
SHARES
भालुको आक्रमणबाट अर्घाखाँचीमा एक जनाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- भालुले आक्रमण गर्दा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान हँसिया बनाउन आरनतर्फ जाँदै गरेका शीतगंगा नगरपालिका-२, सीतापुरका ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीलाई भालुले आक्रमण गरेको हो। भालुको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको शीतगंगाका मेयर छबिलाल पौडेलले जानकारी दिए।

उनले क्षेत्रीको घर र आरन जाने ठाउँको बीचमा थोरै जंगल पर्छ । ‘बिहानै साढे ५ बजे हिँड्नु भएको रहेछ, त्यतिबेलै भालुले आक्रमण गरेछ,’ उनले भने, ‘पोस्टमार्टमका लागि शव सन्धिखर्क पठाइएको छ।’

उनले पहिले खेती हुने जमिन पनि जंगलमा परिणत हुँदै गएको बताए। ‘भालु मात्रै होइन, अन्य जनावर पनि गाउँवस्तीमा पस्ने गरेका छन्,’ उनले भने, ‘अहिले खेतीपाती गर्ने मान्छे नै छैनन्।’

प्रकाशित: २० पुष २०७९ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =