महोत्तरी : गौशालाबजारमा आगलागी हुँदा ११ लाखको क्षति

हिमाल प्रेस २० पुष २०७९ ९:२४
2
SHARE
महोत्तरी : गौशालाबजारमा आगलागी हुँदा ११ लाखको क्षति

महोत्तरी- महोत्तरीको गौशालावजारमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ। गएराति गौशाला वजारस्थित चाँदनी रेडिमेट सेन्टरमा आगलगी हुँदा सो परिमाणको कपडा जलेर नष्ट भएको छ।

पसल बन्द गरी घर जाने क्रममा बाटोमा नै पसलमा आगलगी भएको घटनाको खबर पाएको पसल सञ्चालक कमलेश मंडलले बताए। पसलमा आउँदा प्रहरीको टोलीले पसलमा लागेको ताल्चा फुटाइ आगोलाई नियन्त्रणमा लिएको मंडलले बताए।

समयमै आगलगीलाई नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले बताए। आगलगी विद्युतको सर्टसर्किटबाट भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

प्रकाशित: २० पुष २०७९ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =