समसामयिक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दै कांग्रेस

हिमाल प्रेस २० पुष २०७९ ९:११
4
SHARES
समसामयिक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दै कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछ । साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापनसमेत गर्दैछ।

त्यसका लागि आज दिउँसो ३ बजे पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

प्रकाशित: २० पुष २०७९ ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =