महायज्ञबाट दुर्गा मन्दिरले गर्‍यो २६ लाख बढी आम्दानी

हिमाल प्रेस १९ पुष २०७९ १९:४४
28
SHARES
महायज्ञबाट दुर्गा मन्दिरले गर्‍यो २६ लाख बढी आम्दानी

सुर्खेत- सुर्खेत वीरेन्द्रनगर-१ स्थित दुर्गा मन्दिर समितिले सञ्चालन गरेको महायज्ञबाट २६ लाख रुपैयाँ बढी आम्दानी गरेको छ। श्रीमद्‌भागवद सप्ताह ज्ञान महायज्ञ-२०७९ बाट २६ लाख १७ हजार ५० रुपैयाँ भएको हो।

समितिले जनकल्याण संस्थाबाट सापटी २ लाख १५ हजार रुपैयाँ, कलस वितरणबाट ३ लाख ९० हजार पाँच सय, दान पेटिकाबाट २ हजार ४ सय, दानबाट संकलित रकम १९ लाख ८८ हजार २५० र सप्ताहबाट उठेको चामल बेचेर २० हजार ९०० रुपैयाँ आम्दानि भएको जनाएको छ। केही रकम भने चेकमा रहेको र उठ्न बाँकी छ। महायज्ञमा १५ लाख ५१ हजार २ सय ४८ रुपैयाँ खर्च भएको समितिले जनाएको छ।

समितिले मंसिर २२ गते देखि २९ गतेसम्म भएको महायज्ञको आम्दानि विवरण आज मंगलबार सार्वजिनक गरेको हो।

उक्त सप्ताहका संयोजक तुल्सीप्रसाद अधिकारीले दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा दुर्गा मन्दिर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर छिर्ने मुल गेटमै भएकोले मन्दिरलाई पर्यटकीय हब बनाउन र योगा भवन बनाउन महायज्ञ लगाएर अर्थ संकलन गरिएको बताए।

प्रकाशित: १९ पुष २०७९ १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =