राष्ट्रियसभाका सदस्यले विद्युतीय हाजिर गर्नुपर्ने

हिमाल प्रेस १९ पुष २०७९ १९:३३
6
SHARES
राष्ट्रियसभाका सदस्यले विद्युतीय हाजिर गर्नुपर्ने

काठमाडौँ- राष्ट्रिय सभाका सदस्यहरूले विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ। आगामी संसद्‌‌ अधिवेशनबाट राष्ट्रियसभाका सदस्यहरूले विद्युतीय हाजिरी गर्नुपर्ने भएको हो। संसदको नयाँ अधिवेशन पुस २५ बाट सुरु हुँदैछ।

संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले विद्युतीय हाजिरीका लागि अहिले सांसदहरूको ल्याप्चे (‍औंठा छाप) हाजिरी यन्त्रमा समावेश गर्ने काम भइरहेको जानकारी दिए। सांसदहरूलाई पुस २४ सम्म हाजिरी यन्त्रमा औंठा छाप समावेश गर्न भनिएको छ।

प्रतिनिधिसभाका सदस्यहरूले भने हाजिरी कापीमै गर्नुपर्नेछ। प्रतिनिधिसभाका सदस्यको हाजिरी विद्युतीय बनाउने विषय अन्यौलमा परेको छ।

प्रकाशित: १९ पुष २०७९ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =