काठमाडौँ- सन्राइज बैंक लिमिटेडले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
बैंकको कार्ड तथा ईबैंकिङ प्रमुख मनोज घिमिरे, ब्राण्ड व्यवस्थापन तथा सीएसआर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खड्कप्रसाद देवकोटाले विभिन्न विषयमा प्रस्तुति राखेका थिए।
कार्यक्रममा १२० विद्यार्थी र स्थानीयवासी सहभागिता रहेको बैंकले जनाएको छ। डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न साक्षरता कार्यक्रम गरेको बैंकको भनाइ छ।
प्रकाशित: १९ पुष २०७९ ११:४२
प्रतिक्रिया