एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि

हिमाल प्रेस १९ पुष २०७९ ८:४१
2
SHARE
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज ११ बजे पुन: बस्दैछ। आज बस्ने पोलिटब्युरो बैठकले सरकारमा जाने वा नजाने विषयमा टुंगो लगाउने छ।

पोलिटब्युरो बैठकमा आज बाँकी नेताले धारणा राख्ने छन्। हिजो ३० नेताले आफ्नो धारणा राखेका थिए। वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारमा नजाने प्रस्ताव पेस गरेका छन्। नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखे।

उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिएका छन्। शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुंगो लगाउन नसकेपछि पोलिटब्युरो सदस्यको सुझाव बुझ्न उक्त बैठक बोलाइएको थियो।

प्रकाशित: १९ पुष २०७९ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =