जसपाले सरकारमा सहभागिताबारे निर्णय मंगलबार गर्ने

हिमाल प्रेस १८ पुष २०७९ १८:५०
12
SHARES
जसपाले सरकारमा सहभागिताबारे निर्णय मंगलबार गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा सहभागी हुने नहुनेबारे निर्णय मंगलबार गर्ने भएको छ। सोमबारबाट ललितपुरमा सुरु राजनीतिक समितिको बैठकले राजनीतिक अवस्था र निर्वाचनको समिक्षा गर्दै जसपाले सरकारमा रहेर वा प्रतिपक्षमा रहेर संघीयतालगायतका उपलब्धीलाई रक्षा गर्न शसक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो।

जसपाले मुलकको उपलब्धी रक्षा गर्नका लागि पार्टी शसक्त भूमिका निर्वाह गर्ने जनाएको छ। बैठकमा अध्यक्ष उपेन्द्र यादवले जसपा राष्ट्रिय पार्टी बन्नुमा सन्तोषजनक हुनुपर्ने तर यो नै प्रयाप्त नभएको बताए। यसअघिको कांग्रेस नेतृत्वको गठबन्धनले अन्तिम समयसम्म झुटो आश्वासन दिएर अल्झाएको र सिट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धन छाड्ने परिस्थितिमा पुगेको डा.सुरेन्द्र यादवले बताए। जसपामा अहिलेको सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा विवाद छ।

प्रकाशित: १८ पुष २०७९ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =