प्रधानमन्त्री दाहालले लिए मन्त्रालयहरूको कामकारबाहीको विवरण

हिमाल प्रेस १८ पुष २०७९ १४:५९
4
SHARES
प्रधानमन्त्री दाहालले लिए मन्त्रालयहरूको कामकारबाहीको विवरण

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई डाकेर कामकारबाहीको विवरण लिएका हुन्।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गरेका मुख्यसचिव शंकरदास बैरागीेले जानकारी दिए। त्यस क्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नुपरेको समस्याबारे प्रधानमन्त्री दाहालसमक्ष ब्रिफिङ गरेका थिए।

मुख्य सचिव बैरागीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन भोलि आउँछ। हामी छलफलकै क्रममा छौँ। विभिन्न मन्त्रालयहरुबाट संक्षेपमा प्रस्तुति भएको छ। केही निकाय बाँकी छन्।’

उनका अनुसार सरकार प्रमुखका रुपमा विभिन मन्त्रालय, निकायहरुले कसरी काम गरिरहेका छन्? के भइराखेको छ। विकासको गति कस्तो छ? जस्ता विषयमा प्रधानमन्त्रीले जानकारी लिएका हुन्। बैरागीले भने, ‘सचिवज्यूहरुले आआफ्नो मन्त्रालयका इस्यु र समस्या सुनाएका छन्। प्रधानमन्त्रीज्यूबाट भोलि सम्बोधन हुनेछ।’

सबै मन्त्रालयका सचिवहरुले सबै विवरण भने प्रधानमन्त्री समक्ष पेस गर्न सकेका छैनन्। मुख्यसचिव बैरागीका अनुसार भोलि पुनःछलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरुलाई निर्देशन दिने कार्यक्रम छ।

प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिएका हुन्। प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =