जुम्लाको नराकोट स्वास्थ्य चौकीमा भिडियो एक्स रे सञ्‍चालनमा

हिमाल प्रेस १७ पुष २०७९ २०:४१
4
SHARES
जुम्लाको नराकोट स्वास्थ्य चौकीमा भिडियो एक्स रे सञ्‍चालनमा सांकेतिक तस्बिर।

 

जुम्ला- जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा ल्याबसहितको भिडियो एक्स रे सञ्चालनमा ल्याएको छ। पालिका अध्यक्ष पूर्ण धितालले आइतबार स्वास्थ्य प्रयोगशालको उद्घाटन गरेका हुन्।

‘स्वास्थ्य चौकीमा सुविधासम्पन्न ल्याब प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ,’ अध्यक्ष धितालले भने।

प्रयोगशालाका लागि आवश्यक जनशक्ति खुला प्रतिस्पर्धाबाट व्यवस्थापन भइसकेको उनले जानकारी दिए। पालिका हरेक वडामै गएर ज्येष्ठ नागरिक, घरदैलो निःशुल्क स्वास्थ्य उपचार गर्ने स्थानीय सरकार लागिपरेको अध्यक्ष धितालले जानकारी दिए।

स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स रे प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीलाई निकै राहत पुग्ने नराकोट स्वास्थ्य चौकीले जनाएको छ।

प्रकाशित: १७ पुष २०७९ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =