शिक्षकलाई निजामतीसरह सेवासुविधा दिन महासंघको सुझाव

हिमाल प्रेस २६ पुष २०७९ १३:५१ | Tuesday, January 10, 2023
शिक्षकलाई निजामतीसरह सेवासुविधा दिन महासंघको सुझाव

काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीको तलब र सेवासुविधा समान बनाउन उच्चस्तरीय तलब सुविधा आयोगलाई सुझाव दिएको छ। निजामती कर्मचारीको अन्तिम ग्रेड र शिक्षकको ग्रेडबीच फरक रहेकाले यस्तो व्यवस्थामा परिवर्तन गर्नुपर्ने सुझाव महासंघको छ।

महासंघका पदाधिकारीले सोमबार आयोगका पदाधिकारीलाई भेट गर्दै यस्तो सुझाव दिएका हुन्।

शिक्षकको तहगत बढुवामा प्रबन्ध भएअनुसार तलबमानमा फरक रहेकाले श्रेणीअनुसार तलबमान मिलाउन महासंघले सुझाव दिएको छ। महासंघले बाल विकास शिक्षक (ईसीडी)का शिक्षकलाई प्राथमिक तृतीय तहका शिक्षक बराबर पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ। हाल ईसीडी शिक्षकले मासिक १५ हजार रुपैयाँ पाउँदै आएका छन् भने प्रावि (तृतीय श्रेणी) शिक्षकको तलब ३२ हजार ९०० रुपैयाँ छ।

माध्यामिक तहको विद्यालयमा अधिकृत वा ना.सु. तहको र आधारभूत तहको विद्यालयमा खरिदार तहको कार्यलय सहायक लेखापाल कर्मचारीको प्रबन्ध गरी दरबन्दीबमोजिमको तलब सुविधा उपलब्ध गराउनुपर्ने सुझावमा उल्लेख छ।

यसका साथै विद्यालयमा कार्यरत कार्यालय सहयोगी, कर्मचारीले न्यूनतम तलबमा काम गर्नुपरेकाले उनीहरूलाई निजामतीसरह तलब सुविधा उपलब्ध गराउनुपर्ने सुझावमा उल्लेख छ।

शिक्षकको तलबमान जारी गर्दा निजामती सेवाका कर्मचारीको जस्तै प्राविधिक ग्रेडको महल राखि जारी गरिनुपर्ने महासंघले आयोगलाई सुझाव दिएको हो।

प्रकाशित: २६ पुष २०७९ १३:५१ | Tuesday, January 10, 2023

प्रतिक्रिया

2 thoughts on “शिक्षकलाई निजामतीसरह सेवासुविधा दिन महासंघको सुझाव

  1. नेपाल अतिरिक्त हुलाक कमचारी को तलब न बढायो नेपाल सरकार आप सभी मिडिया से अनुरोध है कि नेपाल सरकार तक पहुचाऐ

Leave a Reply to पवन कुशवाहा Cancel reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast