नेताहरूले शेखर-गगनलाई भने : मिलेर जानुस्, पार्टीको आगामी महाधिवेशनलाई पनि ध्यान दिनुस्

नेताहरूले दिए रातभरिको समय

हिमाल प्रेस ४ पुष २०७९ १९:३७
622
SHARES
नेताहरूले शेखर-गगनलाई भने : मिलेर जानुस्, पार्टीको आगामी महाधिवेशनलाई पनि ध्यान दिनुस्

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट संसदीय दलको नेता को बन्ने भन्ने विषय अझै टुंगो लागेन। सोमबार चरण/चरणको छलफलमा जुटे पनि इतर समूहका नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच सहमति जुट्न नसकेको हो।

थापा र कोइराला दुवैले दलको नेतामा उम्मेदवारी दिने अडान कायमै राखेपछि उक्त समूहका नेताहरू छलफलमा जुटेका थिए।

‘हामीले उहाँहरू(शेखर-गगन)लाई मिलेर अघि बढ्न सुझाव दिएका छौँ’ कांग्रेस सहमहामन्त्रीसमेत रहेका जीवन परियारले भने, ‘उहाँहरूलाई मिल्न रातभरिको समय छ।’

छलफलमा शेखर-गगन समूहका शीर्ष नेताहरूको सहभागिता थियो। सहभागी नेताहरूले दुवैलाई पार्टीको १५ औं महाधिवेशनबारे पनि ध्यान दिएर एकअर्कालाई सहयोग गर्न अनुरोध गरेका छन्। छलफल मंगलबार बिहान ८ बजे पुन: बस्ने गरी सकिएको परियारले जानकारी दिए।

कांग्रेसको संसदीय दलको नेता चयनको लागि निर्वाचन तालिका नै सार्वजनिक भइसकेको छ। उम्मेदवारका लागि पुस ५ गते दरखास्त दिन पाइनेछ। यस्तै मतदान पुस ६ गते हुने तालिकामा उल्लेख छ। उता कांग्रेसको संस्थापन पक्षमा भने सभापति शेरबहादुर देउवा एक्लै संसदीय दलको निर्वाचनमा उम्मेदवार बन्दैछन्।


प्रतिक्रिया

One thought on “नेताहरूले शेखर-गगनलाई भने : मिलेर जानुस्, पार्टीको आगामी महाधिवेशनलाई पनि ध्यान दिनुस्

  1. गगन संसदीय दलको नेता र शेखर दाइ अधिवेशनमा सभापति बने आम नागरिकको चाहना र अहिलेको निर्वाचनको म्यान्डेट अनुकूल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =