कांग्रेस संसदीय दलको नेता चयन मंगलबारभित्रै, देउवासँग को-को भिड्लान्?

सन्तोष अधिकारी ३ पुष २०७९ १५:०७
970
SHARES
कांग्रेस संसदीय दलको नेता चयन मंगलबारभित्रै, देउवासँग को-को भिड्लान्? यसअघिको संसदीय दलको निर्वाचनमा मतदान गर्दै देउवा। फाइल तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचनको तयारी सुरु गरेको छ। सभापतिसमेत रहेका शेरबहादुर देउवाले पार्टीमा आज (आइतबार)बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्वाचन समिति बनाएर संसदीय दलको नेता चयनको निर्वाचनको तयारी गरेका हुन्।

संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल गर्न आज दिउँसो तीन बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ। देउवानिकट एक सांसदका अनुसार ढिलोमा मंगलबारसम्म संसदीय दलको नेतामा आफैँ निर्वाचित हुने देउवाको तयारी छ। कांग्रेसको संसदीय दलको नेताको रुपमा सभापति देउवासहित महामन्त्री गगनकुमार थापा, डा.शेखर कोइरालाले चुनाव लड्ने तयारी गरिरहेका छन्।

संसदीय दलको नेताको रुपमा पूर्वमहामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतले दाबी गरे पनि उनीहरूको तयारी देखिएको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल भने आफूलाई यसपटक प्रधानमन्त्री स्वीकार गर्न दलको नेता बनाउनु पर्ने बताउँदै आएका छन्। उनले आफूलाई न्याय गर्न पनि संसदीय दलको नेता बनाउनुपर्ने भनिरहेका छन्। तर पार्टीको १४ औं महाधिवेशनपछि देउवा समूहतिर नै नजिक छन्।  देउवा समूहमा ५‍५ सांसद छन् भने इतर समूहमा ३४ सांसद छन्।

तर देउवा आफैँ छैटौँपटक प्रधानमन्त्री बन्न कांग्रेसको संसदीय दलको नेता चयन चुनिन कस्सिएका छन्। देउवाको गुटबाट देउवाबाहेक अरू कसैले पनि संसदीय दलको नेतामा दाबी पनि गरेका छैनन्। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि सोमबार या र मंगलबार संसदीय दलको निर्वाचन हुने बताए। ‘आज कार्यसम्पादन समितिको बैठक बस्दैछ। संसदीय दलको निर्वाचन भोलि र पर्सि एक दिन हुन्छ’ महतले हिमालप्रेससँग भने।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सबै सांसदलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर बधाई पनि दिइसकेका छन्। कांग्रेसमा संसदीय दलको नेता मात्रै प्रधानमन्त्री बन्ने व्यवस्था छ। सोहीअनुसार अहिले आकांक्षीहरू तयारी गरिरहेका छन्। डडेलधुराबाट निर्वाचित देउवा, काठमाडौँ ४ बाट निर्वाचित थापा र मोरङ-६ बाट निर्वाचित कोइराला नै संसदीय दलको निर्वाचनमा होमिने तयारीमा छन्। थापा र कोइराला एकै समूहका हुन्।
थापा र कोइरालाबीच सहमतिको प्रयास भइरहेको बेला देउवाले निर्वाचनको तयारी सुरु गरेर उक्त समूहलाई थप विभाजनमा पुर्‍याउन खोजेका छन्।

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवासहितलाई निर्वाचनको अन्तिम मतपरिणाम बिहीबार बुझाइसकेको छ। प्रतिनिधिसभाको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्नेछ। दलहरू नयाँ सरकार गठनको तयारीमा जुटिरहेका छन्।

कांग्रेसका यी सांसदले चुन्नेछन् दलको नेता

प्रत्यक्षतर्फको निर्वाचन जितेका देउवा समूहका सांसदहरू

शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्रबहादुर कार्की र डा. नारायण खड्का।

देउवा समूहका समानुपातिक सांसदहरू

विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जाबेदा खातुन जागा, अञ्जनी श्रेष्ठ

प्रत्यक्षतर्फ निर्वाचन जितेका शेखर समूहका सांसदहरू

डा. शेखर कोइराला, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, बद्री पाण्डे, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी, राजु थापा

शेखर समूहका समानुपातिक सांसदहरू

सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा, मैना रावल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =