कर्णाली प्रदेशसभामा ३७.५ प्रतिशत महिला निर्वाचित

हिमाल प्रेस २ पुष २०७९ १६:०९
4
SHARES
कर्णाली प्रदेशसभामा ३७.५ प्रतिशत महिला निर्वाचित

सुर्खेत– निर्वाचन आयोगले कर्णाली प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम प्रदेश प्रमुखसमक्ष पेस गरेको छ। शनिबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष आयोगले अन्तिम मत परिणाम पेस गरेको हो।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार कर्णाली प्रदेशसभातर्फ ४० जना निर्वाचित भएका छन्। जसमा २५ जना (६२ दशमलव ५ प्रतिशत) पुरुष र १५ जना (३७ दशमलव ५ प्रतिशत) महिला छन्। निर्वाचित प्रदेश सभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने व्यवस्था छ।

आयोगका सहसचिव यज्ञ भट्टराईले प्रदेश प्रमुख परियारसमक्ष पेश गरेको प्रतिवेदनअनुसार कर्णाली प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ २८ राजनीतिक दल सहभागी छन्।

प्रदेशसभा प्रत्यक्षतर्फ पुरुष ११३ र महिला ३ गरी कूल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल २०० जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो।

प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ४ लाख ९७ हजार ९२८०, पुरुष ५ लाख १० हजार ४२० र अन्य ३ गरी कूल १० लाख ८ हजार ४०३ मतदाता कायम रहेको आयोगले जनाएको छ।

कर्णालीमा १० लाख बढी मतदाता संख्या रहेकोमा प्रत्यक्षमा ६ लाख १४ हजार ७१७ ६० दशमलव ९६ प्रतिशत मत खसेको थियो। जसमध्ये ५ लाख ८९ हजार मत सदर र २५ हजार २३३ प्रतिशत मत बदर भएको छ। यस्तै प्रदेशसभा समानुपातिक निर्वाचनमा ६ लाख १३ हजार ५०९ मतदानमध्ये ५ लाख ७७ हजार मत सदर भएको र ३५ हजार ६८० मत बदर भएको छ।

प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका २२ वटा राजनीतिक दलहरूको धरौटी जफत गरिएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा १ सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेशसभातर्फ बन्दसूची पेश गर्ने दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको हो। प्रदेशसभाको हकमा आयोगबाट परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =