१३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा

हिमाल प्रेस २९ मंसिर २०७९ ८:१६
26
SHARES
१३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम काम नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्ने कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन्।

कालोसूचीमा पर्ने कम्पनीमा याक्थुमहाङ वीपी जेभी, स्टार अफिस इन्टरनेसनल, अग्रिम पीपी जेभी, देव कन्स्ट्रक्सन, जन कन्स्ट्रक्सन, जय निर्माण सेवा, खहरेखोला इन्टरप्राइजेज, खिम निर्माण सेवा, लोहनी एन्ड सन सन्स्ट्रक्सन, नन्दु निर्माण सेवा, राष्ट्र निर्माण सेवा, सपना निर्माण सेवा र सूर्या रोसनी प्राली रहेका छन्।

यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

प्रकाशित: २९ मंसिर २०७९ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =